
काठमार्डौं, २७ पुस । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि सरोजकुमार यादवले दाबी पेश गरेका छन् ।
बुधबार बिहान यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेश गरेका हुन् । जनता समाजवादी पार्टीका यादवलाई ६३ सांसदको समर्थन रहेको छ ।
उनलाई नेकपा (एमाले) का २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र) का सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक, स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुध सिंहले समर्थन जनाएका हुन् ।
प्रदेश प्रमुख मिश्रले बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी गर्ने समय दिएका छन् ।















प्रतिक्रिया