
काठमाडौं, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले रामशाहपथस्थित सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गरेकी हुन् । राजावादी समूहहरुले पनि पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन्।
आजै पूर्व राजा ज्ञानेन्द्र शाह पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न पुग्ने कार्यक्रम रहेको छ।















प्रतिक्रिया