
काठमाडौं, २७ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगको उपाध्यक्षमा तपेन्द्रबहादुर खड्कालाई नियुक्त गरेका छन् ।
काठमाडौं महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्था बमोजिम खड्कालाई उपाध्यक्ष पदमा नियुक्त गरिएको महानगरले जनाएको छ ।
खड्कालाई मंगलबार बालेनले गोपनियताको शपथ गराएका हुन् ।
पुस ११ गते बसेको महानगरपालिकाको ११ औँ कार्यपालिका बैठकले खड्कालाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।















प्रतिक्रिया