
काठमाडौं, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री अधिकारी बालुवाटार पुगेका हुन् । भेटमा प्रधानमन्त्री र मुख्यमन्त्रीले एकापसमा बधाई तथा शुभकामना साटासाट गरेका थिए ।
यस्तै, प्रचण्ड र अधिकारीबीच समसामायिक राजनीतिक तथा मन्त्रिमण्डल विस्तार लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।















प्रतिक्रिया