३१ आश्विन २०८३, शनिबार

लुम्बिनीको मुख्यमन्त्रीका लागि एमालेका लिला गिरीले आज दाबी पेश गर्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमालेका लिला गिरीले आज दाबी पेश गर्दैछन् ।

प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म दाबी पेश गर्न दिएको समयसीमाभित्र गिरीले दाबी पेश गर्ने तयारी गरेका हुन् ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेतासमेत रहेका गिरीलाई माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदसहित ५५ जनाको समर्थन रहेको छ ।

मुख्यमन्त्री शेरचनले गिरीलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।