
काठमाडौं, २७ पुस । एनएमबि बैंकको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा बैंकका सञ्चालक र शेयरधनीहरुको उपस्थिति थियो । सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए ।
सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८ दशमलव २५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ असारसम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु. १८२.०९ अर्ब रहेको जानकारी सभामा दिइयो ।
बैंकले हाल देशभर २०१ वटा शखा कार्यालय, १३८ वटा एटीएम र ११ वटा एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।















प्रतिक्रिया