
काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले देश र जनतासामू गरेको प्रतिवद्धताहरु पुरा गर्नका लागि विश्वासको मतले थप जिम्मेवारी र चूनौती थपेको बताएका हुन् ।
यसअघि आफूले अनुमानका आधारमा सिङ्गो संसदको मत पाउने भनेपछि अहिले यथार्थमा परिणत भएको भन्दै प्रचण्डले निकै हर्ष र गौरवको अनुभूति भएको बताए । उनले कांग्रेससँग कुनै पनि सर्तमा सहमति नभएको र केपी ओली र आफूबीच पनि कुनै मतभेद र समस्या नभएको स्पष्ट पारे ।
मंगलबार संसदमा २६८ सांसदको मतका साथ प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका थिए ।















प्रतिक्रिया