
काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् ।नेकपा एमालेसहित ७ दलको समर्थनबाट प्रधानमन्त्री बनेका प्रचण्डले प्रतिनिधि सभाबाट अत्यधिक विश्वासको मत पाएका छन् ।
२ सय ७० सांसद उपस्थित भएकामा २ सय ६८ सांसदले प्रचण्डलाई विश्वासको मत दिएका हुन् । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले मात्रै विपक्षमा मतदान गरेका हुन् ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, लोसपाका ४, जनमतका ६, नागरिक उन्मुक्तिका ४, स्वतन्त्र ३, राष्ट्रिय जनमोर्चाका १ र नेमकिपाका १ सांसद छन् ।



































प्रतिक्रिया