३१ आश्विन २०८३, शनिबार

जिल्ला वचत तथा ऋण सहकारी संघ दाङको अध्यक्षमा अधिकारी चयन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २६ पुस । जल्ला वचत तथा ऋण सहकारी संघ दाङको अध्यक्षमा बिमल अधिकारी चयन भएका छन् ।

संघको आज मंगलबार घोराहीमा भएको १६औँ वार्षिक साधारण सभा तथा अधिवेशनले अधिकारीको अध्यक्षमा ९ सदस्यीय नयाँ कार्यसमित सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा भगवती शर्मा, सचिवमा रामकृष्ण आचार्य, कोषाध्यक्षमा गिरीराज शर्मा चयन भएका छन् । यस्तै सदस्यहरुमा पद्मा कडेल, चन्द्रवती पौडेल भण्डारी, द्रोण बहादुर बस्नेत, जोगमान खड्का र जीवन भण्डारी चयन भएका छन् ।

अधिवेशनले रञ्जन कुमार गौतमको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । समितिको सदस्यमा बिना खनाल र हुकुम बहादुर भण्डारी चयन भएका छन् ।