
काठमाडौं, २६ पुस । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिनका लागि म्याद थप भएको छ ।
प्रहरी प्रमुख पाण्डेले तल्ला तहका कर्मचारीहरुमाथि अत्याचार गर्ने गरेको तथा महिला प्रहरीमाथि दुव्र्यवहार गरेको आरोप लागेपछि महानगरले पुस ८ गते छानबिन समिति गठन गरेको थियो ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। महानगरले सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिमा पोखरेलसँगै न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक सरिता कुमारी राई सदस्य छिन्।















प्रतिक्रिया