
काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संसदबाट अत्यधिक विश्वासको मत पाएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा उपस्थित २७० जनामध्ये प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ जना सांसदले मतदान गरे ।
कुल २७५ सदस्यीय प्रतिनिधि सभामा एक जना निलम्बित छन् । चार जना अनुपस्थित रहे भने दुई जनाले विपक्षमा मतदान गरे । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रस्तावको विपक्षमा मतदान गरेका हुन् ।
नेकपा (एमाले) सहित विभिन्न सात दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले संविधानको धारा ७६ को उपधारा ४ अनुसार आज प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन् ।















प्रतिक्रिया