३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डले पाए अत्यधिक विश्वासको मत

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले २ सय ६८ जना सांसदबाट विश्वासको मत पाएका हुन् । बैठकमा २ सय ७० जना सांसद उपस्थित भएकामा दुई जनाले विपक्ष मतदान गरेका छन् ।

विपक्षमा मतदान गर्नेहरुमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल रहेका छन् ।