३१ आश्विन २०८३, शनिबार

दौरा सुरुवालबारे प्रधानमन्त्री प्रचण्डको प्रष्टोक्ति- म दौरा, सुरुवाल र कोट विरोधी कहिलै पनि थिइँन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू दौरा सुरुवाल र कोटको कहिलै पनि विरोधी नभएको स्पष्ट पारेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले राखेका जिज्ञाशाको जवाफ दिँदै प्रचण्डले आफू दौरा सुरुवालको विरोधी नभई सन्दर्भ नमिलेर नलगाएको बताएका हुन् ।

सामान्यत अरु नै कपडा लगाएर हिँड्ने गरेका कारण त्यसमै बानी परेको प्रचण्डको भनाई थियो । प्रचण्डले आफ्ना सांसदहरुलाई जे रुची लाग्छ त्यही लगाउन भन्ने गरेको भन्दै कुनै न कुनै बेला आफूले पनि लगाउनुपर्छ भन्नेमा विश्वस्त रहेको बताए ।

शान्तिपूर्ण राजनीतिमा आएपछि जनताको मनोभावनालाई सम्बोधन नगर्दा निर्वाचन परिणाम पनि राम्रो नआएको प्रचण्डले धारणा राखे ।