३१ आश्विन २०८३, शनिबार

माधव नेपाल भन्छन्– संसद विघटनको बहस सदनमा हुनु खतरनाक सङ्केत हो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद विघटन गठबन्धनको मान्यता भए त्यसले खतरनाक संकेत दिने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको छलफलका क्रममा अध्यक्ष नेपालले संसद बिघटनको बहस सदनमा सुरु भएको भन्दै संसद विघटन गठबन्धनको मान्यता भए त्यसले खतरनाक संकेत दिने बताएका हुन् ।

उनले कसैको लहडको भरमा संसद बिघटन गर्न नपाइने बताउँदै यसअघि भएका संसद विघटनको काम प्रतिगमन नै भएको ठोकुवा गरे ।