३१ आश्विन २०८३, शनिबार

पृथ्वीनारायण शाहलाई सम्झँदा कसैले पनि हीनताबोध गर्नु पर्दैन: राजेन्द्र लिङ्देन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले पुथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकामा धन्यवाद व्यक्त गर्दै नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई सम्झँदा कसैले पनि हीनताबोध गर्नु नपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विश्वासको मतमाथिको छलफलका क्रममा लिङदेनले पृथ्वीनारायण शाहप्रति गौरवबोध गर्दा पछाडि फर्किएको अनुभव गर्न नहुने बताए ।

जनतालाई दिने सेवा प्रवाह र राष्ट्रियताको सन्दर्भमा भएका प्रतिवद्धताका आधारमा सरकारलाई पूर्ण समर्थन गरेको अध्यक्ष लिङ्देनले बताए ।

लिङ्देनले जनताको चाहना सुशासन कायम राख्न र विकासको गति तीव्र रुपमा बढाउनुपर्ने बताए । अहिलको संसदीय संरचनाले नै सबै मिलेर जानुपर्ने अवस्था आएको उनले बताए ।