३१ आश्विन २०८३, शनिबार

डेमोक्रेसीको नयाँ भाष्य स्थापित भयो : एमाले अध्यक्ष ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने नेपाली काँग्रेसको निर्णयको स्वागत गरेका छन् ।

दोस्रो दिनको संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेसले निर्णयबाट डेमोक्रेसीको नयाँ भाष्य स्थापित भएको बताएका हुन् ।

काँग्रेसले प्रतिपक्षको नभई सहकार्यको भावना राखेको उल्लेख गर्दै ओलीले त्यसलाई आफूले स्वागत गर्ने बताए ।

आजको काँग्रेसको निर्णय इतिहासमा पनि चर्चा हुने उनको भनाई थियो ।