३१ आश्विन २०८३, शनिबार

सहकार्यमा जनताको अवस्था बदल्न संसदबाट मौका चाहन्छु: प्रधानमन्त्री प्रचण्ड

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको अवस्था फेर्न सबै राजनीतिक दलको सहकार्य आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधि सभाको दोसो दिनमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै प्रचण्डले आफू निषेध र अपमानको नभई सहकार्यको राजनीतिको पक्षमा रहेको बताए ।

जनताले अनुभूति गर्ने सरकार बन्नका लागि सबैको साथ आवश्यक भएको उनको भनाई थियो । ‘निषेधको होइन, सहमति सहकार्य र आपसी विश्वासमा राजनीतिलाई अघि बढाउनका लागि विश्वासको मत दिन म आग्रह गर्दछु,’ प्रचण्डले भने ।

प्रचण्डले देशमा भएका परिवर्तनहरुमा लोकतान्त्रिक र वामपन्थी शक्तिको भूमिका रहेको बताए ।