
काठमाडौं, २६ पुस । संखुवासभामा प्रहरीले एउटा हेलिकप्टरसहित पाइलटलाई नियन्त्रणमा लिएको छ ।
निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले पाइलट आनन्द थापासहित हेलिकप्टरलाई नियन्त्रणमा लिएको हो । अल्टिच्युट एयरको ९ एन एएमएक्स उक्त हेलिकप्टर काठमाडौंबाट जेनेरेटर लिएर संखुवासभाको भोटखोला हटिया गएको थियो ।
हेलिकप्टरले खाँदबारीमा ल्याण्ड गरेर इन्ट्री गरेर जानुपर्नेमा पाइलट थापाले निषेधित हेलिकप्टरलाई सिधै भोटखोला पुर्याएका थिए ।
अनुमति लिएको रूटअनुसार नचलाएर निषेधित क्षेत्रमा गएपछि प्रहरीले हेलिकप्टर र पाइलट थापालाई १ घण्टा नियन्त्रणमा राखेर छाडेको हो ।
पाइलटमाथि कारबाहीका लागि प्रहरीले गृहमन्त्रालयले पत्र पठाउने तयारी गरेको छ ।















प्रतिक्रिया