
हेटौंडा, २६ पुस । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालयको संख्या घटाउन कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन् ।
मंगलबार बिहान मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालय घटाउन कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
मन्त्रालय कटौती गर्न मन्त्रिपरिषद्का प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।
कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सहितका मन्त्रालयका सचिव, मुख्यमन्त्री कार्यालयका कानुन सचिव सहित पाँच सदस्यीय रहेको बताइएको छ ।
यसअघि तत्तकालिन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशको मन्त्रालयको संख्या १४ र राज्यमन्त्रीसहित मन्त्रीको संख्या १८ पुर्याएका थिए । जसका कारण उनी नेतृत्वको प्रदेश सरकारको निकै आलोचना भएको थियो ।












प्रतिक्रिया