३० कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । नेकपा एकीकृत समाजवादी (एस)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिनिधिसभामा नेकपा एसका १० सदस्य छन् ।

प्रधानमन्त्री प्रचण्डले आज ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।