
काठमाडौं, २५ पुस । प्रदेश नम्बर १ को मन्त्रालय घटाउने निर्णय भएको छ ।
नवगठित प्रदेश सरकारको पहिलो बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो । यसअघि १३ वटा मन्त्रालय रहेकोमा अब ९ वटा मात्रै रहनेछन् ।
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्की आइतबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री कार्कीले एमालेका तिलकुमार मेयाङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाका निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री र मन्त्रीहरुले आज सपथ लिएका थिए ।















प्रतिक्रिया