
काठमाडौं, २५ पुस । मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश शर्मा ढकाल नियुक्त भएका छन् ।
सोमबार बसेको सञ्चालक समिति बैठकले ढकाललाई कामु सीईओको जिम्मेवारी दिएको हो । यसअघि ढकाल ग्लोबल आईएमई बैंकमा डेपुटी सीईओको रुपमा कार्यरत थिए ।
मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक पनि मर्जरमा रहेका छन्। इन्भेष्टमेन्ट बैंकसँग मर्जरपश्चात् पनि ढकाल सिनियर डेपुटी सीईओ बन्नेछन्।
मर्जर सम्झौतामा मेगा बैंकले वरिष्ठ डेपुटी सीईओ पाउने समझदारी रहेको छ।















प्रतिक्रिया