३१ आश्विन २०८३, शनिबार

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ ।

नेकपा एमालेसहित सत्तासाझेदार दलहरूले गठन गरेको उच्चस्तरीय संयन्त्रद्वारा जारी २१ बुँदे साझा कार्यक्रम मस्यौदा निर्माण समितिका संयोजक समेत रहनुभएका अर्थमन्त्री विष्णु पौडेलले एक कार्यक्रमबीच सार्वजनिक गरे ।

कार्यक्रममा नागरिकता, नीतिगत र संरचनागत सुधार, लोकतन्त्र, सुशासन र गुणस्तरीय सेवा, दीगो आर्थिक विकास र अर्थतन्त्रको सवलीकरण तथा काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादनलाई जोड दिने विषयलाई प्राथमिकीकरण गरिएको छ ।

यस्तै, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार, निरोगी नेपाल, कृषि क्षेत्रको रुपान्तरण, ऊर्जा विकास, मर्यादित श्रम र सामाजिक संरक्षण, सार्वजनिक यातायात र सडक पूर्वाधार, सुकुम्बासी समस्या समाधान, भरपर्दो सञ्चार सुविधा, खेलकुद, पर्यटन र महिला सहभागितालगायत विषय सरकारको प्राथमिकतामा छन् ।

पूर्णपाठ–