
काठमाडौं, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी अस्थिरताको कारक नबन्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लिङ्देनले मुलुकका समस्याहरु सामूहिक रुपमा समाधान गर्नुपर्ने पक्षमा राप्रपा रहेको र मुलुकको अस्थिरताको कारक नबन्ने स्पष्ट पारेका हुन् ।
अहिलेको जनताले दिएको मत हेर्दा कुनै राजनीतिक दललाई पूर्ण रुपमा विश्वास गर्न नसकेको उनले बताए ।
लिङ्देनले अघिल्लो कार्यकालमा संसद भवन छाड्दा धेरै सांसद लिएर आउने भनेपनि धेरै ल्याउन नसकेको तर जनताको भावनाको प्रतिनिधित्व गर्दै संसदमा आएको धारणा राखे ।















प्रतिक्रिया