
काठमाडौं, २५ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशमा वर्षौदेखि भइरहेको बेतिथिको जवाफ जनताले खोजेका बताएका छन् ।
संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले वर्षौदेखि भ्रष्टाचारका काण्ड मच्चाएर जनता निराश भएका बेलामा अब सरकार निर्मम भएर लाग्ने बताएका हुन् ।
लामिछानेले भ्रष्टाचार छानबिनमा हस्तक्षेप नगर्न पनि अन्य दलका नेताहरुलाई आग्रह गरे । अहिले जनताले परिवर्तन चाहेको भन्दै लामिछानेले परिवर्तनको ध्वनिलाई संसदले पनि सुन्ने विश्वास व्यक्त गरे ।
लामिछानेले आफू र आफ्नो पार्टीका सांसहरुबाट कुनै पनि अनियमितता नहुने तथा कुनै पनि काण्डमा नमुछिने प्रतिवद्वता व्यक्त गरे ।
लामिछानेले आफ्नो दलले पाएको मत निराशा नभई आशाको भएको बताएका छन् ।
कतिपयले यसलाई निराशाको मत भन्ने गरेको भन्दै उनले भने, ‘म यसलाई निराशाको मत होइन, नेपाली जनताले दिनु भएको आशाका मत चन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो ।’















प्रतिक्रिया