
कठमाडौं, २५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देश र जनताका लागि काम गर्न राष्ट्रिय एकता आवश्यक भएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब पनि राजनीतिक चलखेलमा लागेमा जनताको अपेक्षा पूरा हुन नसक्ने बताएका हुन् ।
सांसद र नेताहरुको सबै समय कुर्सीका लागि गोटी चालाचालमा गयो भने काम कहिले गर्ने ? अध्यक्ष ओलीले प्रश्न गरे । बन्न नपाई बिगार्ने खेलमा लागेको खण्डमा समयमात्रै खेर जाने तर काम नहुने अध्यक्ष ओलीले बताए ।
‘कुर्सीका लागि सम्पूर्ण समय गोटी चालाचालमा खर्चने होइन, देशका लागि योगदान गरौँ,’ सरकार गठन भई विश्वासको मत लिन समेत भ्याइनसक्दै सरकार ढाल्ने खेल शुरू गरिएको सन्दर्भलाई सङ्केत गर्दै अध्यक्ष ओलीले भने, ‘सरकार बन्न पाएको छैन, विगार्न थालियो भने समयको बर्बादी हुने र मुलुकलाई विद्यमान समस्या समाधान गरी अगाडि बढाउन सकिदैन ।’
अध्यक्ष ओलीले अहिलेको सरकार जनताका लागि बनेको बताए । अहिलेको समिकरण राष्ट्रिय स्वाभिमानको पक्षमा उभिने भन्दै यसो भन्न नेपालीले अप्ठ्यारो मान्नुनपर्ने र राष्ट्रिय हितमा उभिन्छु भन्न डराउनु नपर्ने बताएका हुन् ।















प्रतिक्रिया