
काठमाडौं, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफूहरुलाई समस्यामा अल्झिएर बस्ने छुट नभएको बताएका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले समस्याको पहिचान गरी समाधानमा अगाडि बढ्नुपर्ने बताएका हुन् ।
यस्तै, प्रचण्डले आफूहरु जनताबाट चुनिएर आएका भन्दै जनताका समस्या, गुनासालाई नजिकबाट महसुस गरेको बताए ।
यो पटकको संसदमा नयाँ पार्टीबाट नयाँ अनुहारहरु पनि देखिएको भन्दै प्रचण्डले यसबाट जनताको जित भएको प्रतिक्रिया दिए ।















प्रतिक्रिया