
काठमाडौं, २५ पुस । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आइरहेको बस लखनउमा दुर्घटना हुँदा मृत्यु भएका ३ जना नेपालीको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा टीकापुर नगरपालिका-१ नयाँबस्तीका चन्द्रबहादुर साउँद, ज्योतिनगरका ललित साउँद र निर्मला बोहोरा रहेका छन् ।
दुर्घटनामा ४ जनाको मृत्यु भएकोमा बसका चालक भारतीय नागरिकको भने भने सनाखत हुने सकेको छैन ।
६६ यात्रु सवार रहेको बसमा १४ जना घाइते भएका छन् । तीव्र गतिमा रहेको बस ट्रकमा ठोक्किएको थियो ।















प्रतिक्रिया