३१ आश्विन २०८३, शनिबार

भक्तपुरमा ग्यास सिलिण्डर विष्फोट, एकजना घाइते

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । भक्तपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जना घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका-३ स्थित रामप्रसाद थपलियाको घरमा बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

बिस्फोटमा थपलियाकी श्रीमती सामान्य घाइते भएकी छन्। उनको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ।

भान्सामा राखिएको ग्यास विष्फोट भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।