३१ आश्विन २०८३, शनिबार

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्दार गर्न सरकारले थाल्यो पहल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, पुस २५ । मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्दार गर्न सरकारले पहल सुरु गरेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्दारका लागि पहल लिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्दारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिएका छन् ।