३१ आश्विन २०८३, शनिबार

भारतको लखनउमा बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २५ पुस । भारतको गुजरातबाट कैलालीको टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ ।

बस भारतको लखनउ नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा टीकापुर नगरपालिका–१ व्यवसाय क्षेत्रका चन्द्रबहादुर साउदको ज्यान गएको छ । मृतक साउदका परिवारका अन्य सदस्यहरु समेत सोही बसमा यात्रारत रहेको बुझिएको छ ।

मृत्यु हुने अन्य तीन जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।