३१ आश्विन २०८३, शनिबार

प्रदेश १ सरकारमा माओवादी केन्द्र सहभागी नहुने, मुख्यमन्त्री कार्कीको सपथ के हुन्छ ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २५ पुस । प्रदेश १ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ ।

सरकारको नेतृत्व नेकपा एमालेलाई दिएको भन्दै पार्टीभित्र तीव्र असन्तुष्टि बढेसँगै माओवादी केन्द्र तत्काल सरकारमा नहुने निष्कर्षमा पुगेको हो ।

प्रदेश सांसदहरूको भावनाविपरीत केन्द्रले निर्णय गरेकाले तत्काल सरकारमा नजाने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सांसदहरूको भावनाविपरीत प्रदेश सरकारको नेतृत्व आलोपालोको सहमति नगरेकाले तत्काल सरकारमा नजाने बताएका छन् । आइतबार माओवादीसहितका दलको समर्थनमा नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् ।

आज कार्कीले पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् ।

आङ्बोले प्रदेशमा आलोपालो सरकारको नेतृत्व हुने सहमति गरेको आइतबार विराटनगरमा बताएका थिए । तर, त्यसविपरीत केन्द्रीय नेताहरुको बैठकले प्रदेश–१ सरकारको नेतृत्व पूरै कार्यकाल एमालेलाई दिने निर्णय गरेको छ ।