३१ आश्विन २०८३, शनिबार

पब्जी विश्वकपमा नेपाली टिम दोस्रो

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस ।  पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा २०२२ मा नेपाली टिम दोस्रो भएको छ ।

आइतबार इन्डोनेसियाकाे जाकारतामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो ।

विजेता एसटूजीले ५ लाख ८४ हजार अमेरिकी डलर पाएका छन् भने उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।

फाइनल पुगेको नेपालकै अर्को टिम टिटुके भने १३ औँ स्थानमा आएको छ । टिटुकेले ११२ अंक जोडेर १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।