३१ आश्विन २०८३, शनिबार

सत्तारुढ दलहरूले यसरी गरे मुख्यमन्त्री र सभामुखको बाँडफाँट

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । सत्तारुढ दलहरूले मुख्यमन्त्री र सभामुखको बाँडफाँट तथा आलोपालोबारे सहमति गरेका छन् ।

आज साँझ बसेको दलहरूबीचको बैठकबाट बाँडफाँटमा सहमति जुटाइएको हो ।

सहमति अनुसार मधेश प्रदेशमा जनता समाजवादी र जनमत पार्टीले आलोपालो गरेर मुख्यमन्त्री पद लिने भएका छन् । बाग्मती प्रदेशमा माओवादी केन्द्र र एमालेले आलोपालो गर्ने, गण्डकी र लुम्बिनीमा एमालेको पूरा कार्यकाल, कर्णालीमा माओवादी केन्द्रको पूरा कार्यकाल र सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी आलोपालो गर्ने सहमति भएको छ ।

सभामुखतर्फ मधेस र कर्णाली प्रदेशमा एमाले, प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा माओवादी केन्द्र र बाग्मतीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाउने भएका छन् ।

यसैगरी उपसभामुखतर्फ प्रदेश १ र गण्डकी प्रदेशमा एमाले, बागमती र कर्णाली प्रदेशमा माओवादी केन्द्र र लुम्बिनी प्रदेशमा राप्रपा तथा मधेश प्रदेशमा जनमत पार्टीले नेतृत्व गर्ने भएका छन् । यस्तै, सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलाई प्रस्ताव गरिएको छ ।