
काठमाडौं, २४ पुस । सत्तारुढ गठबन्धनको बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।
बैठकमा प्रदेश सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । यस्तै, न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने तयारी पनि बैठकको छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल संयोजकत्वको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा शनिबार शीर्ष तहलाई बुझाएको थियो ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी छन् ।















प्रतिक्रिया