३१ आश्विन २०८३, शनिबार

नेपाल टी-२० लिगमा ‘फिक्सिङ’ भएको सीआइबीको निष्कर्ष

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । काठमाडौंमा जारी नेपाल टी-ट्वेन्टी लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले निष्कर्ष निकालेको छ ।

कमेन्टेटर सचिन तिमल्सिनाले फिक्सिङ भएको आशंका गर्दै भिडियो सार्वजनिक गरेपछि फिक्सिङको घटना बाहिरिएको थियो ।

उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पनि यसमा चासो देखाउँदै अनुसन्धानका लागि निर्देशन दिएका थिए । अनुसन्धानमा खटिएको सीआईबीको टोलीले स्पट फिक्सिङ भएको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

फिक्सिङको घटना बाहिरिएपछि अन्तर्राष्टिङ क्रिकेट संघ (क्यान) को दुई सदस्यीय टोलीले पनि नेपाल आएर अनुगमन गरेर फर्किएको थियो ।

क्यानको टोलीले सीआईबीसँग पनि छलफल गरेको थियो । स्पट फिक्सिङमा ३ जना नेपाली खेलाडी र चार जना विदेशी खेलाडी संलग्न भएको बताइएको छ ।