
काठमाडौं, २४ पुस । काठमाडौंको शंखरापुरमा स्थानीयलाई पेस्तोल देखाउने प्रहरी निरीक्षक इन्स्पेक्टर विशालबहादुर बुढाथोकीमाथि प्रहरी प्रधान कार्यालयले अनुसन्धान सुरु गरेको छ ।
गत शुक्रबार शंखरापुर नगरपालिका-३ बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा स्थानीय आन्दोलनमा उत्रिएका थिए ।
आन्दोलनमा उत्रिएका स्थानीयलाई इन्स्पेक्टर बुढाथोकीले ‘गोली हानौँ’ भन्दै पेस्तोल देखाएका थिए ।
प्रहरी प्रधान कार्यालयले बुढाथोकीमाथि अनुसन्धान सुरु गरेको जानकारी दिएको हो ।
















प्रतिक्रिया