३१ आश्विन २०८३, शनिबार

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।

आज आइतबार काठमाडौंमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कार्यगत एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

१२ बुँदामा भएको सहमतिपत्रमा विभिन्न मुद्दाहरुमा सहकार्य गर्ने राष्ट्रिय राजनीतिमा समन्वयकारी तथा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नका लागि तत्काल दुई पार्टीबीच मोर्चाबन्दी गर्ने उल्लेख छ ।

त्यस्तै टीकापुर घटनाका राजबन्दीहरुलगायत रेशम चौधरीको रिहाइको लागि पहल गर्ने, मुलुकी फौजदारी संहिता पहिलो संशोधन अध्यादेश, २०७९ लाई संसद्बाट पारित गराउन दवाव दिने, उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्नेलगायत रहेको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जानकारी दिनुभयो ।

त्यस्तै नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सरकारमा जानका लागि आफूहरुको माग र मुद्दा सम्बोधन नभएकाले अहिले समर्थन मात्रै गरिएको बताए ।

दुई दलको सहमतिपत्रमा किसान आन्दोलनका मुद्दाहरुलाई सम्बोधन गर्ने वातावरण सिर्जना गर्ने, भ्रष्टाचार विरुद्ध सरकार, सदन र सडकबाट दवाव दिदैं सुशासनको पक्षमा वकालत गर्ने, संघ र प्रदेश सरकारमा सहभागी हुँदा आफुहरुको मागलाई कार्यान्वयन गर्ने गरि एक भएर मात्रै जाने समेत उल्लेख छ ।