३१ आश्विन २०८३, शनिबार

सरकारले विश्वासको मत पाउँछ, यो एमालेले बनाएको सरकार हो: अध्यक्ष ओली

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, २४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउने बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसंगठन सुदृढीकरण कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार नेकपा एमालेले बनाएको सरकार भएको बताएका हुन् ।

‘२६ गते विश्वासको मत ढाल्न खोज्नेहरु । यो सरकारले विश्वासको मत पाउँछ । यो एमालेले बनाएको सरकार हो,’ अध्यक्ष ओलीले भने ।

अहिलेको परिवर्तित सन्दर्भमा नेपालीले बनाएको सरकार भएको भन्दै अध्यक्ष ओलीले अरुले बनाइदिएको सरकार मान्नुपर्ने अवस्था अब नरहेको बताएका हुन् ।

पार्टीले चुनाव जित्न नपाउने, कसैले बहुमत ल्याउन नपाउने खेल एमालेले निस्तेज पारेर सही दिशामा ल्याउन सफल भएको अध्यक्ष ओलीले बताए।