
काठमाडौं, २४ पुस । प्रदेश नम्बर १ को सरकार गठनका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति जुटेको छ ।
मुख्यमन्त्री एमालेले लिने र सभामुख माओवादीले लिन सहमति भएसँगै सहजै नयाँ सरकार गठनका लागि बाटो खुलेको हो ।
मुख्यमन्त्रीका लागि गठबन्धनले आज दाबी पेश गर्दैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्म दाबी पेश गर्ने समयसीमा दिएका छन् ।
सहमतिसँगै प्रदेश १ को मुख्यमन्त्री एमाले संसदीय दलका नेतासमेत रहेका हिक्मत कार्की बन्ने पक्का जस्तैं भएको छ ।















प्रतिक्रिया