
काठमाडौं, २४ पुस । गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयर सफल परीक्षण उडान गरेको छ ।
रेसुंगा नगरपालिकास्थित सिमिचौरमा तारा एयरको ट्वीनअटर जहाजले सफल अवतरण गरेको हो। तारा एयरको सफल परीक्षणपछि विमानस्थलबाट नियमित उडान गर्ने ताराको तयारी छ ।
पहिलो पटक तारा एयरले उडान भरेको खुसीयालीमा रेसुंगा नपनगरपालिमा आजसार्वजनिक बिदा दिइएको छ । निर्माण सम्पन्न भएको विमानस्थलमा लामो समयपछि सफल रुपमा ‘डेमो फ्लाइट’ भएको हो ।
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको उक्त जहाज ५० मिनेटमा रेसुंगा विमानस्थल पुगेको थियो ।















प्रतिक्रिया