
काठमाडौं, २४ पुस । गुल्मीको रेसुङ्गा नगरपालिकाको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुने भएको छ ।

नगरपालिकाले तारा एयरको जहाजले आज डेमो उडान गर्ने तयारी गरेको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले रेसुङ्गा विमानस्थलमा तारा एयरलाइन्सबाट परीक्षण उडानको कार्यक्रम तय भएकोले आज नगर कार्यपालिकाको कार्यालयबाट प्रदान हुने सम्पूर्ण प्रकारका सेवा बन्द हुने जानकारी दिएका छन् ।












प्रतिक्रिया