३० कार्तिक २०८३, सोमबार

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, सरकारलाई विश्वासको मत दिने नदिने विषयमा छलफल हुने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिने नदिने लगायतको विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा आम निर्वाचनको समिक्षा र विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ । प्रतिनिधिसभा सदस्यमा लोसपाका चार जना सांसद रहेका छन् ।

पुरानो गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बनेपछि लोसपाले सरकारलाई समर्थन गरेको छैन् ।

लोसपा यसअघि कांग्रेसको नेतृत्वमा बनेको पाँचदलीय गठबन्धनमा आबद्ध थियो ।

प्रतिनिधिसभाको नयाँ कार्यकालको बैठक भोलि पुस २५ गते देखि सुरु हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री दाहाललाई नेकपा एमालेलगायत सात दलको समर्थन रहेको छ ।