३० कार्तिक २०८३, सोमबार

आजको मौमसः पहाडमा आंशिक बदली, तराईमा हुस्सु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसारदेशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने पश्चिम र मध्य तराईका केहि भू-भागहरूमा हुस्सु/कुहिरो/ शितलहर लागिरहेको अवस्था छ ।

महाशाखाका अनुसार यस्तो छ आजको मौसमः

२०७९ पुस २४ गते  (आइतबार)

दिउँसोː प्रदेश नं १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । बिहानीपख तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो  लाग्ने सम्भावना रहेको छ ।

रातीː सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ ।