
काठमाडौं, २४ पुस । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ लिमिटेड (निक्कु) को अध्यक्षमा निवर्तमान सांसद मनकुमारी केसी चयन भएकी छन् ।
शनिबार काठमाडौंमा सम्पन्न सहकारीको दशौँ वार्षिक साधारण सभाले केसीको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको सर्वसम्मतिले चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रदेश १ की निवर्तमान उपसभामुख सरस्वती पोखरेल, महासचिवमा लेखनाथ ढकाल, कोषाध्यक्षमा नवराज छत्कुलीलाई चयन गरेको छ भने सञ्चालक सदस्यहरूमा सीता वौडेल, भेषराज पाण्डे, मेघराज गौतम, खिमबहादुर कार्की, विजन पोखरेल, राम सुवेदी, आस्था केसी, लेखनाथ सिकारु र लक्ष्मी बोहरालाई सर्वसम्मतिले चयन गरेको छ ।
यसैगरी लेखा परीक्षण सुपरिवेक्षण समितिको संयोजकमा राजेन्द्र कुमार केसी र सदस्यहरूमा श्याम खड्का र दानबहादुर गुरुङलाई चयन गरेको सभाले अध्यक्ष विष्णुहरि ढकालले प्रस्तुत गरेको प्रतिवेदनलाई सर्वसम्मतिले पास गरेको थियो ।












प्रतिक्रिया