३१ आश्विन २०८३, शनिबार

स्वर्ण जयन्ती मनाउँदै लक्ष्मी नारायण मावि, भूतपूर्व शिक्षक र विद्यार्थीले बनाए स्वर्ण स्तम्भ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २३ पुस । लमजुङको दोर्दी गाउँपालिका–२ अर्चलबोटस्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयले आगामी माघ ५ गते स्वर्ण जयन्ती मनाउने भएको छ ।

५० वर्ष पूरा भएको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्ण जयन्ती मनाउने भएको हो । स्वर्ण जयन्तीलाई लक्षित गर्दै विद्यालयमा स्वर्ण स्तम्भ पनि निर्माण गरिएको छ । विद्यालयका भूतपूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकहरूको सहयोगमा विद्यालयमा स्वर्ण स्तम्भ निर्माण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पौडेलले स्वर्णजयन्तीका अवसरमा विद्यालय क्षेत्र सरसफाइ, स्वर्ण स्तम्भ निर्माण र स्वर्णद्वार निर्माणका काम भइरहेको जानकारी दिए । स्वर्ण जयन्तीका अवसरमा पुस २९ गतेदेखि हाजिरीजवाफ, वक्तृत्वकला, आन्तरिक खेलकुदलगायत कार्यक्रम हुने विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद अधिकारीले बताए ।

विसं २०२९ सालमा स्थापना भएको विद्यालयको स्वर्ण जयन्ती सम्पन्न गर्न करिब १० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रधानाध्यापक अधिकारीका अनुसार अहिले विद्यालयको मूल गेटको स्वर्णद्वार र स्वर्ण स्तम्भ निर्माण गर्ने काम भइरहेको छ । जसका लागि हाल अमेरिकामा रहेका विद्यालयका भूतपूर्व शिक्षक तथा विद्यार्थी र सुभचिन्तकहरूले सहयोग गरेका छन् ।

विद्यालयका अनुसार हालसम्म सहयोगी दाताहरूबाट ८ लाख १८ हजार ६२१ रूपैयाँ सहयोग रकम सङ्कलन भइसकेको छ ।

साथै, विद्यालयका मूल संस्थापकहरूमध्येका एक मेजर मोहन बहादुर कुँवरको अर्धकदकको सालिक समेत विद्यालय परिसरमा निर्माण भइरहेको छ । सो सालिक उनकै परिवारको निजी खर्चमा निर्माण भइरहेको विद्यालयले जनाएको छ ।

कक्षा १० सम्म पढाइ हुने विद्यालयमा हाल १६८ जना विद्यार्थी अध्ययनरत छन् । सुविधासम्पन्न कम्प्युटर ल्याब, प्रविधिमैत्री शिक्षणमार्फत पठन–पाठन हुँदै आएको विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताएको छ ।

स्वर्ण स्तम्भ निर्माणमा सहयोग गर्ने सहयोगीहरूको सूची–

भूतपूर्व शिक्षक मनोज रेग्मी– ३२,९०३
भूतपूर्व विद्यार्थी शशी थापा एवं भूपू शिक्षक अप्सरा थापा– ३३,५६१

अन्य भूतपूर्व विद्यार्थी एवम् सुभचिन्तकहरू–

अर्जुन सुयल– ३२,९०३
गणेश बहादुर अधिकारी– ३९,४८३
शिब ढकाल– १९,८७३
प्रकाश मरहठ्ठा– २६,९८०
बिदुर विक– ३९,४८३
रितेश कुँवर– २६,४५४
राजेन्द्र लामिछाने– २७,११२
बिनोद र सुनीता कुँवर– २६,९८०
चन्द्र कुमारी (बिजुली) गुरुङ– ३३,०३४
लक्ष्मण रिमाल– ३९,४८३
सागर कुँवर– ३९,४८३
रमेश कुँवर– ६,७१२
राजन कुँवर खड्का– १३,२९३
सुदीप मरहठ्ठा– १७,२४१
कल्पना कुँवर– १३,८२०
विप्लव पौडेल– ६,७१२
रोशन खड्का कुँवर– १९,८७३
उपेन्द्र कुँवर– १९,८७३
गौतम लामिछाने– १३,२९३
सन्तोष भुजेल– १९,८७३
राज कुमार कुँवर– ३९,४८३
प्रकाश र प्रतिमा अधिकारी– १३,२९३
ऋषि अधिकारी– १३,२९३
नरेन्द्र लामिछाने– २६,९८०
गणेश कुँवर– ३९,४८३
अनिल कुँवर– ६,७१२
विकास कुँवर– १३,८२०
शम्भु कुँवर– १३,८२०
विजय रेग्मी– १३,२९३
अंगद कुँवर– १९,७४२
राज कुमार खड्का– ४३,८२६
धिरज कुँवर– २६,४५४