शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

हाम्रो कर्तव्य यो सरकारलाई सफल बनाउने हो: एमाले अध्यक्ष ओली

दैनिक नेपाल २०७९ पुष २३ गते १४:४२

काठमाडौं, २३ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सफल बनाउनु एमालेको कर्तव्य भएको बताएका छन् ।

सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार सफल बनाउन नेतृत्व लिएर उपयुक्त गाइड गर्ने बताएका हुन् ।

वर्तमान सरकारले सुशासन र विकासका लागि काम गर्ने ओलीले विश्वास व्यक्त गरे ।

‘यो सरकारले सही नीति लेओस्, भ्रष्टाचार नगरोस् र नहोस् । यसले सुशासन र विकासको लागि उचित र आवश्यक कदमहरू चालोस्,’ अध्यक्ष ओलीले भने ।

ओलीले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने विश्वास व्यक्त गर्दै नेपाली काँग्रेस पाँचै वर्ष प्रतिपक्षमै रहने दाबी गरे । कांग्रेस सत्ता आउँछ कि भन्नेर आगामी ५ वर्ष सरकार ढाल्ने खेलमा लाग्ने पनि ओलीको जिकिर थियो ।

प्रतिक्रिया
सम्बन्धित