३१ आश्विन २०८३, शनिबार

१५औँ चरणको मतदानबाट अमेरिकामा नयाँ सभामुख चयन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ ।

लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो । क्यालिफोर्नियाका रिपब्लिकन म्याकार्थीले १५ औं चरणको मतदानमा सभामुख बन्न पर्याप्त मत प्राप्त गरेका हन् ।

यो चुनावी प्रतिस्पर्धा १६४ वर्षको अन्तरालमा भएको सबैभन्दा लामो प्रतिस्पर्धा हो । कट्टरपन्थी रूढीवादीहरूको समूहसँगको कडा प्रतिस्पर्धा र १४ पटककोसम्म गरिएको परिणामविहीन मतदानपछि यो नतिजा आएको हो ।

डेमोक्र्याटहरूले भने न्युयोर्कका डेमोक्र्याट कङ्ग्रेसम्यान हकिम जेफ्रिजलाई मतदान गरेका थिए ।