३१ आश्विन २०८३, शनिबार

विराटनगर नेपाल टी-२० लिगको प्लेअफमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । काठमाडौंमा जारी नेपाल टी-ट्वेन्टी लिगमा विराटनगर सुपर किंग्स प्लेअफमा प्रवेश गरेको छ ।

शनिबार बिहान कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं नाईट्सलाई पराजित गर्दै विराटनगर प्लेअफमा प्रवेश गरेको हो ।

काठमाडौं विराटनगरसँग ७ विकेटले पराजित भएको हो । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले विराटनगरलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनको लक्ष्य दिएको थियो।विराटनगरले १८.४ ओभरमा तीन विकेट मात्रै गुमाउँदै १६० रन बनाएर विजयी भयो ।

यो जितसँगै विराटनगर प्लेअफ पुग्ने तेस्रो टिम बनेको छ । अब काठमाडौं प्लेअफमा पुग्ने नपुग्ने निर्णय आजै हुने पोखरा एभेन्जर्स र फारवेष्ट युनाईटेडबीचको खेलपछि हुनेछ ।

दोस्रो खेलमा पोखरा विजयी भएमा यस खेलमा पराजित सँग अंक बराबर हुनेछ । रन रेटमा अगाडी हुने टोलीले प्लेअफमा स्थान बनाउने छ ।