३१ आश्विन २०८३, शनिबार

बलात्कार प्रयास आरोपमा दुई युवक पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । २३ वर्षीया युवती र बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा रुपन्देहीमा दुई जना पक्राउ परेका छन् ।

कञ्चन गाउँपालिका र सैनामैना नगरपालिकामा भएको छुट्टाछुट्टै घटनामा उनीहरू पक्राउ परेका हुन्। सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गर्न खोजको आरोपमा कञ्चन गाउँपालिका वडा नं ३ का ३० वर्षीय राजेन्द्र अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

पुस २१ गते साँझ शारीरिक अपांगता र सुस्त मनस्थिति भएकी २३ वर्षीया युवतीको घरमा गई अरू कोही नभएको मौका छोपी जबर्जस्ती शौचालयमा लगी उनले बलात्कार गर्न खोजेको प्रहरीको बताएको छ ।

यस्तै सैनामैना नगरपालिका वडा नं ६ कि १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले मधु सोमरेलाई पक्राउ गरेको छ। परिवारका सदस्य घरमा नभएको मौका पारेर घरमा गई बलात्कार प्रयास गरेको प्रहरीले आरोप लगाएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।